पीडितले बयान फेरेपछि पूजाले भनिन्, 'धन्यवाद भगवान्'
मोहना भन्छिन्, 'पुरुषार्थको विजय कसरी हुन्छ । आज साक्षी भइयो !'
आइतबार, ०४ वैशाख २०७९, १९ : ३४
अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् ।
आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितले नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा लेख्दै भगवानलाई धन्यवाद दिएकी छन् । शर्माले यस प्रकरणको सुरुवातदेखि पल शाहलाई साथ दिँदै आएकी थिइन् ।
उता, पीडितको पक्षमा रहेकी अधिवक्ता मोहना अन्सारीले भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, पुरुषार्थ को विजय कसरी हुन्छ । आज साक्षी भइयो !

यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरती रावल पुर्पक्षका लागि थुनामा
-
‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
