मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

पीडितले बयान फेरेपछि पूजाले भनिन्, 'धन्यवाद भगवान्'

मोहना भन्छिन्, 'पुरुषार्थको विजय कसरी हुन्छ । आज साक्षी भइयो !'
आइतबार, ०४ वैशाख २०७९, १९ : ३४
आइतबार, ०४ वैशाख २०७९

अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् । 

 आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

पीडितले नै बयान फेरेपछि अभिनेत्री पूजा शर्माले सामाजिक सञ्जालमा लेख्दै भगवानलाई धन्यवाद दिएकी छन् । शर्माले यस प्रकरणको सुरुवातदेखि पल शाहलाई साथ दिँदै आएकी थिइन् ।

उता, पीडितको पक्षमा रहेकी अधिवक्ता मोहना अन्सारीले भने सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, पुरुषार्थ को विजय कसरी हुन्छ । आज साक्षी भइयो !

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप