
भ्रष्टाचार विरुद्धको एउटै निशानामा ३६ कार्टुनिष्टका ५० कार्टुन (भिडियो रिपोर्ट)
भ्रष्टाचारको अनेक आयाम, अनेक प्रकार हुुन्छन् । यसले सिंगो मुलुकलाई गाँजेर राखेको हुन्छ । यही क्रममा भ्रष्टाचार विरुद्ध जनमानसमा चेतना जगाउन कार्टुनिष्ट क्लब अफ नेपालको प्रदर्शनी यतिबेला नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । कार्टुनिष्टहरू आफ्ना कार्टुनबारे अवलोकनकर्ताहरूलाई बुुझाउनमा व्यस्त छन् ।
वैशाख ४ देखि ६ सम्मका लागि आयोजना गरिएको कार्टुन प्रदर्शनीलाई निसानाको निसान शीर्षक दिइएको छ । अर्थात् भ्रष्ट बन्दै गएको समाज, मनोविज्ञानमाथि कार्टुनिष्टहरू एकैपटक निसाना लगाइरहेका छन् । भ्रष्टाचारको प्रवृत्तिहरूमाथि व्यंग्य गर्दै विभिन्न ३६ जना कार्टुनिष्टका ५० वटा कार्टुनले देशको विद्यमान अवस्थाबारे बोल्छन् । अझ भनौं भ्रष्टाचार विरुद्धको सिर्जनात्मक अभियान कार्टुनिष्ट क्लबले सुुरु गरेको छ । शिक्षा स्वास्थ्य, कृषि, यातायात, सञ्चार, न्यायलगायत समाजका हरेक क्षेत्रमा मौलाइरहेको भ्रष्टाचारमाथि आर्ट काउन्सिलका भित्तामा खरो रुपमा उत्रिएका छन् कार्टुनिष्टहरू । अनि भ्रष्ट मानसिकतामाथि प्रहार गर्न सबै कार्टुनहरू सक्षम लाग्छन् ।
अखबारका कोलममा मात्र सानो साइजमा छापिने कार्टुनलाई त्यहाँबाट जुरुक्कै उठाएर प्रदर्शनी हलसम्म पुुगेको कार्टुुनिष्ट क्लब अब, सातवटै प्रदेशसम्म पुग्ने तयारीमा पनि छ । यसबारे क्लबका अध्यक्ष बासुु क्षितिज भन्छन्, ‘समाजको जरासम्म अथवा समाजको तल्लो तहसम्म पुुगेको भ्रष्टाचार विरुद्धमा चेतना जगाउन समाजको तल्लै तहसम्म पुग्नुपर्ने महसुस गरेर हामी देशका सबै प्रदेशका मुख्य सहरमा पनि पुग्ने तयारीमा छौं ।’
प्रदर्शनीमा राखिएका कार्टुनका माध्यमबाट भ्रष्टाचारको प्रकृति बुझ्ने र त्यसविरुद्ध चेतना प्रवाह गर्न सक्ने क्लबको अपेक्षा र आशा छ । भ्रष्टाचार कसरी हुन्छ भन्ने आम मानिसलाई थाहा नभइरहेको अवस्थामा कार्टुनका माध्यमबाट त्यसबारेमा सुसूचित गर्न सकिने बताउँछन् कार्टुनिष्ट विश्व थापा । यस्तै औपचारिक शिक्षाको पहुँचमा नपुगेको आम सर्वसाधारणले पनि व्यंग्यात्मक चित्रमार्फत समाज बुझ्न सक्ने र विकृति विरुद्ध बोल्न सक्ने बताउँछन्, अर्का कार्टुनिष्ट उमेशचन्द्र अधिकारी ।
नेपाल आर्ट काउन्सिलमा कार्टुनिस्ट क्लब अफ नेपालले आयोजना गरेको ३ दिने ‘भ्रष्टाचार विरुद्ध कार्टुन प्रदर्शनीबारे तयार गरिएको भिडियो रिपोर्ट...
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ