प्रहरीमा एसएसपीको १२ सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा
नेपाल प्रहरीमा एसएसपी पदमा १२ सिट खाली छ । खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिएको छ । निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसँग रिक्त पदमा बढुवा गर्न अनुमति मागेको थियो । प्रहरी उपरिक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवाका लागि आयोगले अनुमति दिएको गृह मन्त्रालयका एक उच्च अधिकृतले रातोपाटीलाई बताए ।
चैत ३० मा चारजनालाई एसएसपीहरुलाई गृह सचिव नेतृत्वको बढुवा समितिले डीआईजीमा बढुवा सिफारिस गरेसँगै वरिष्ठ उपरीक्षकमा १२ सिट खाली भएको छ । सो सिटमा बढुवा हुन तीव्र प्रतिस्पर्धा शुरु भएको छ । कञ्चनपुरमा हत्या गरिएकी निर्मला पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेका एसपी डिल्लीराज विष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन् । २०५१ चैत ५ मा सेवा प्रवेश गरेका विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन् ।
राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरेर नेपाल प्रहरीमा आएका अधिकृतहरु बरियताको सुचिमा अगाडी छन् । सिद्धि बिक्रम शाह बढुवाको दुई नम्बर वरियतामा छन् । वरिष्ठ उपरीक्षकमा बढुवा हुन सुशिल सिंह राठौर, माधव प्रसाद श्रेष्ठ, डम्बर बहादुर बिक, गणेश चन्द, उमा प्रसाद चतुर्वेदी, ओम बहादुर राना, सुरेन्द्र बहादुर गुरुङ, हिमाल कुमार श्रेष्ठ र बिमल बस्नेत प्रतिस्पर्धामा छन् । बरियता सुचिमा अगाडी रहेका अधिकृतहरु गणेश चन्द बाहेक सवै राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका हुन् । सिद्धि बिक्रम शाह सहितका अधिकृतहरु २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएका थिए ।
वरिष्ठ उपरीक्षकमा बढुवा हुन २०५४ चैतमा प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी र दान बहादुर कार्की पनि प्रतिस्पर्धामा छन् । नयाँ ब्याचबाट प्रतिस्पर्धामा रहेका दानबहादुर कार्की र मनोज केसी प्रहरीमा काबिल अफिसरको रुपमा चिनिन्छन् । बढुवा समितीले यसअघि डीआईजीमा बढुवा गर्दा वरियतामा अगाडी रहेका अधिकृतलाई मात्र बढुवा सिफारिस गरेको थियो । एसएसपीमा बढुवा गर्दा सोही विधी अपनाए २०५४ मा सेवा प्रवेश गरेका एकजना अधिकृतले मात्र बढुवा अवसर पाउनेछन् । सो ब्याचबाट १ नम्बर बरियता सुचिमा राजन अधिकारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती