माओवादी सुदूरपश्चिम इन्चार्ज भट्ट भन्छन्- विप्लवपक्षसँग चुनावी सहकार्यका विषयमा छलफल भइरहेको छ
आइतबार, ०४ वैशाख २०७९, १८ : २८
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासँग स्थानीय चुनावमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले आइतबार विहान भट्टलाई भेटेर चुनावी सहकार्यका विषयमा छलफल गरेका हुन् ।
‘हामीले विप्लव नेतृत्वको नेकपा नेताहरुलाई सुदूरपश्चिममा सहकार्य गर्ने विषयमा छलफल जारी राखेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ’ रातोपाटीसँग भट्टले भने,‘कम्युनिस्ट प्रगतिशील शक्तिसँग सहकार्य गर्न सकारात्मक छाैं भन्नु भएको छ । चुनावी तालमेल गर्ने अवस्था आए हामी सकारात्मक छौं ।’ विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेलका विषयमा माओवादी केन्द्र र एमालेसँग छलफल गरी रहेका छन् । यद्यपी कुन दलसँग चुनावी तालमेल गर्ने भन्ने विषयमा नेकपाले निर्णय गरी सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि रिट दर्तादेखि चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेबारे फैसलासम्म
-
तीन लाखभन्दा बढीले अवलोकन गरे अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी
-
बुबाआमाले कोठामा थुनेर राखेका बालकसहित चार बेसाहारा बालबालिकाको उद्धार
-
काम सकिएपछि अनिवार्य बत्ती अफ गर्न काठमाडौँ जिल्ला अदालतको आग्रह
-
लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन आवश्यक : शर्मा
-
भूकम्प र मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणमा झण्डै एक खर्ब बजेट लाग्ने अनुमान