शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी सुदूरपश्चिम इन्चार्ज भट्ट भन्छन्- विप्लवपक्षसँग चुनावी सहकार्यका विषयमा छलफल भइरहेको छ

आइतबार, ०४ वैशाख २०७९, १८ : २८
आइतबार, ०४ वैशाख २०७९

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपासँग स्थानीय चुनावमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन् । विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाश पुनले आइतबार विहान भट्टलाई भेटेर चुनावी सहकार्यका विषयमा छलफल गरेका हुन् ।

‘हामीले विप्लव नेतृत्वको नेकपा नेताहरुलाई सुदूरपश्चिममा सहकार्य गर्ने विषयमा छलफल जारी राखेका छौं । उहाँहरु सकारात्मक हुनुहुन्छ’ रातोपाटीसँग भट्टले भने,‘कम्युनिस्ट प्रगतिशील शक्तिसँग सहकार्य गर्न सकारात्मक छाैं भन्नु भएको छ । चुनावी तालमेल गर्ने अवस्था आए हामी सकारात्मक छौं ।’ विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेलका विषयमा माओवादी केन्द्र र एमालेसँग छलफल गरी रहेका छन् । यद्यपी   कुन दलसँग चुनावी तालमेल गर्ने भन्ने विषयमा नेकपाले निर्णय गरी सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप