संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत
![संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत](https://rpcdn.ratopati.com/media/albums/united-nations-day-2012_241012_7JeyMB3UZ0.jpg)
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेको उनका प्रवक्ताले बताएका छन् । महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाई समेत व्यक्त गरेका हुन्।
"आरएसटीले विकासोन्मुख देशहरू र कमजोर मध्यम आय भएका देशहरूलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड(१९ महामारी जस्ता समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ । साथै भविष्यमा देखापर्न सक्ने यस्ता समस्याहरूसँग जुध्न सहयोग गर्नेछ," विज्ञप्तिमा भनिएको छ।
"हामीले वर्तमान त्रि-आयामिक सङ्कटलाई मात्रै सम्बोधन गर्ने होइन तर दिगो विकास लक्ष्यहरुलाई बचाउने आशा कायम राख्ने हो भने दीर्घकालीन परिप्रेक्ष्यको आवश्यकता छ," विज्ञप्तिमा थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम
-
दुनाटपरी व्यवसायबाट दैनिक तीन हजारसम्म आम्दानी
-
‘मच्छिन्द्रनाथको रथ बनाउने बेत सहज आपूर्तिको व्यवस्था गर्न अनुरोध’