संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेको उनका प्रवक्ताले बताएका छन् । महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाई समेत व्यक्त गरेका हुन्।
"आरएसटीले विकासोन्मुख देशहरू र कमजोर मध्यम आय भएका देशहरूलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड(१९ महामारी जस्ता समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ । साथै भविष्यमा देखापर्न सक्ने यस्ता समस्याहरूसँग जुध्न सहयोग गर्नेछ," विज्ञप्तिमा भनिएको छ।
"हामीले वर्तमान त्रि-आयामिक सङ्कटलाई मात्रै सम्बोधन गर्ने होइन तर दिगो विकास लक्ष्यहरुलाई बचाउने आशा कायम राख्ने हो भने दीर्घकालीन परिप्रेक्ष्यको आवश्यकता छ," विज्ञप्तिमा थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्