शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सल्यानमा गठबन्धन नहुने, एक्लाएक्लै चुनावमा जाने निर्णय

आइतबार, ०४ वैशाख २०७९, १७ : १०
आइतबार, ०४ वैशाख २०७९

सल्यानमा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ। दलहरूका आ–आफ्नै दाबी र अडानका कारण सहमति नजुटेपछि एक्लाएक्लै चुनावमा जाने निर्णय भएको हो ।  नेपाली काँग्रेस सल्यानका पार्टी सभापति केशबहादुर विष्टको अध्यक्षतामा आइतबार बसेको बैठकले एक्लाएक्लै चुनावमा जाने निर्णय गरेको हो । विष्टले भने, ‘गठबन्धन दलका तर्फबाट पालिकास्तरको बाँडफाँडका विषयमा सहमति गर्न कठिनाई भएकाले निर्वाचनमा मैत्रिपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित चुनावमा जाने निर्णय गरियो।’ 

बैठकमा तीनवटै दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सल्यानमा काँग्रेसभित्रै पनि आन्तरिक द्वन्द्व भएका कारण गठबन्धन बन्ने कुरामा माओवादी र एकीकृत समाजवादीले आशंका गरेका थिए । काँग्रेसकै एउटा पक्ष नेकपा एमालेसँग नजिक भएको माओवादी केन्द्रका एक जना नेताले बताए । सल्यान एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला हो । 

ज्वालाहरुले प्रदेश सरकारमा काँग्रेस र माओवादीलाई सरकार बनाउन सघाएकाले सल्यानमा गठबन्धन बन्ने अपेक्षा धेरैको थियो । कर्णालीका डोल्पा र मुगुमा पनि गठबन्धन नहुने निर्णय भैसकेको छ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप