ओलीले भने - ३० गते देशको भविष्य निर्धारण हुन्छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही वैशाख ३० गते देशको भविष्य निर्धारण हुने बताएका छन् । आइतबार हुम्लाको अदानचुलीमा पार्टीले आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका हुन् ।
उनले भने, ‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ ।’ एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले महिनाको चार हजार पुगेको उल्लेख गर्दै उनले एमालेले मात्रै बुढाबुढीलाई हेर्ने गरेको बताए ।
उनले भने,‘काम गर्न नसकेर सरकारबाट हटेको होइन, जालझेलबाट हटाइएको हो । देश विकास गर्न एमाले चाहिन्छ । वैशाख ३० को चुनाव जितेनौँ भने विकासको गति अगाडि बढ्न गाह्रो हुन्छ। त्यसैले सबै चुनाव एमालेलाई जिताउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
जसपा नेपालको संसदीय दलको बैठक बस्दै, अध्यादेशबारे के गर्ला निर्णय ?
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
रवि लामिछानेविरुद्ध आज पनि थुनछेक बहस
-
पौराणिक कालको लावण्य राज्य र ‘तिब्बतमुनिको देश’ साँखु