प्रशासनले बन्दुक माग्दा सर्वसाधारणले बुझाएनन्

आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचन सुरक्षाकालाई मध्यनजर जिल्ला प्रशासन कार्यालय सिरहाले चैत मसान्तभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको भएपनि कैयन हतियार नबुझाएको पाइएको छ । जिल्लामा ३ सय १४ थान इजाजत प्राप्त हतियार (बन्दुक) रहेपनि आजसम्म २२ थान हतियारमात्र प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले तोकेको समयमा सवै हतियार नआएको जानकारी दिए । उनले अब गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम गर्ने बताए ।
उनले भने, ‘प्रशासन कार्यालयले चैत मसान्तभित्र बुझाउन पत्र लेखेको थियो । यो अवधिमा ३ सय १४ मध्ये २२ थान हतियारमात्रै प्राप्त भएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’
जिल्ला प्रशासन कार्यालयले गत चैत ७ गते सूचना जारी गरी तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाद्वारा ७३ बालबालिकाको उद्धार
-
चितवन पुगेर नारायणकाजीले भने– मलाई बोल्न अवरोध गर्न खोजियो
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको बैठकमा ५ विषयमा छलफल: ट्रम्पको प्रशंसा, ओलीको आलोचना
-
कंगोमा जारी युद्धमा ७ हजार मारिए
-
पहिलो पत्नीको आरोपलाई उदित नारायणले भने- ‘ब्ल्याकमेलिङ’
-
७ महिनामा ५२ करोडको कोदो आयात