शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको हत्या अरोपमा सात जनाविरुद्ध किटानी जाहेरी

आइतबार, ०४ वैशाख २०७९, १६ : ३१
आइतबार, ०४ वैशाख २०७९

कञ्चनपुरको वेदकोट नगरपालिका–६ की रञ्चुला साउदको हत्या भएको भन्दै आफन्तहरुले सात जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । शनिबार साउदको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि भन्दै सात जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि आफन्तले आइतबार जाहेरी दर्ता गराएका हुन ।

प्रहरी नायव उपरिक्षक चक्रबहादुर शाहले पक्राउ परेका व्यक्तिमाथि आफन्तहरुले जाहेरी दर्ता गराएको जानकारी दिए । उनका अनुसार आफन्तले वडा नम्बर ६ मा बस्दै आएका स्थानीय ३१ वर्षिया कमला साउद, ३८ वर्षिय गौरि साउद, ७२ वर्षिय नारायण भट्ट, ६० वर्षिय धर्मानन्द भट्ट, ३६ वर्षका चक्रसिंह साउद, ४३ वर्षका कुवेरबहादुर साउद र ५४ वर्षिया जानकी वराल रहेका छन् ।

वेदकोट नगरपालिकाका वडा सदस्य धनसिंह पुजाराले रन्जुलाको हत्या तीन दिन अघि नै भएको आरोप लगाए । ‘शवको प्रवृति हेर्दा तीन दिन अघिनै हत्या गरेको देखिन्छ । एकै दिनमा शव गन्हाउने सम्भव छैन’ उनले भने –‘धामीले महिलालाई कुटपिट गरेर हत्या गरेको देखिन्छ ।’

शनिबार कमलाको घर आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताइएका फलामका डन्डी र बीचमा महिलाको शव थियो । महिलाको शव गन्हाइसकेको थियो । वडा सदस्य पुजाराका अनुसार महिला ज्यालादारीमा काम गर्दै आएकी थिइन । उनी एकल महिला हुन । उनका श्रीमानको सात वर्षअघि भारतमा मृत्यु भएको जनाइएको छ ।

वडा सदस्य पुजाराले भने –‘तीन दिन अघिसम्म उनी प्रधानमन्त्री रोजगार कार्यत्रमअर्न्तगत श्रमको काम गरिरहेकी थिइन् । उनले त्यहाँ हाजिरी पनि लगाएको देखिन्छ । सिकिस्त विरामी थिइन् भने कसरी काममा गइन् ।’ उनले महिलाको हत्या भएको हुन सक्ने आशंका व्यक्त गरे । महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । उनको अटोप्सी रिपोर्ट नआएसम्म यकिन यहि हो भन्न सकिँदैन प्रहरी नायव उपरिक्षक शाहले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप