शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा खराब सुरुवात : वर्षको पहिलो कारोबार दिन नै २९ अंकको गिरावट

आइतबार, ०४ वैशाख २०७९, १६ : २१
आइतबार, ०४ वैशाख २०७९

सेयर बजार परिसूचक नेप्सेले नयाँ वर्ष २०७९ को खराब सुरुवात गरेको छ । वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार नै नेप्से सूचक २९ अंक माथिले घटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक २९.६० अंकले घट्दै २३ सय ८५.६४ अंकमा झरेको छ ।

यस्तो अंक अघिल्लो कारोबार दिन अर्थात गत चैत ३० गते ३०.२४ अंकले बढ्दै २४ सय १५.२४ अंकमा अडिएको थियोे । नयाँ वर्षका दिन १ गते सार्वजनिक विदा र २, ३ शुक्रबार र शनिवार परेकाले एकैपटक ४ गते बजार खुलेको हो ।

नेप्सेका अनुसार यसदिन सबैजसो उपसूचक ऋणात्मक हुँदै सेयर बजार नै राताम्मे भएको छ । २९ अंक माथिले घटेको बजार आज फाइनान्स, हाइड्रोपावर र होटल तथा पर्यटन समूहको सेयर मूल्य अधिकतम २ प्रतिशत माथिले घटेका छन् भने अन्य समूहको २ प्रतिशत भन्दा कम अंकले घटेका छन् । 

तर कारोबार भने जम्मा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ बराबरको मात्र भएको छ । यस दिन नेष्डो लघुवित्तका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने यता हिमालयन उर्जा विकास कम्पनीका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले नै गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप