अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित
![अश्लिल भिडियो देखाएर छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित](https://rpcdn.ratopati.com/media/albums/s_6yB1Z3yHr4.jpg)
अश्लिल भिडियो देखाएर शिक्षकले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै गैंडाकोट नगरपालिका–५ स्थित जनक माविका विद्यार्थी आन्दोलित बनेका छन् । कक्षा १२ मा अध्ययन गर्ने छात्रालाई शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। दुर्व्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित भएका हुन् ।
आन्दोलित विद्यार्थीले विद्यालयमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा पनि आगजनी गरेका छन् । विद्यालय परिसरमा रहेको ना२४प ६६१५ र प्र३–००२ प २७७६ नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका छन् । विद्यालय र राजमार्ग क्षेत्र आइतबार केहीबेर तनावग्रस्त बनेको थियो ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । विद्यार्थीले गरेको ढुंगामुढाबाट १० जनाभन्दा बढी प्रहरी घाइते भएको नवलपुर प्रहरीका प्रवक्ता डिएसपी सन्तोष पाठकले जानकारी दिए । ‘इन्सपेक्टर प्रशान्त श्रेष्ठसहित १० भन्दा बढी प्रहरी घाइते भएका छन् । उता कति जना घाइते भए जानकारी आएको छैन,’ उनले भने ।
आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । अहिले विद्यालय आसपासको क्षेत्र सामान्य भइसकेको र घटनाको विषयमा थप अनुसन्धान गरिने उनले बताए । विद्यार्थीका अनुसार दुर्व्यवहारको घटना २८ चैतमा भएको थियो । घटना मिलाउन दुई पक्षबीच छलफल हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से १५.४६ अंकले बढ्यो, साढे ६ अर्बको कारोबार
-
डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन : मन्त्री यादव
-
बेनी–जोमसोम सडक खण्डमा राति यात्रा नगर्न अपिल
-
अख्तियारको पत्रपछि मेयर चिरिबाबु : सम्पदा संरक्षणमा कुनै पनि शक्तिसँग झुक्दिनँ (भिडियोवार्ता)
-
आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छ : मन्त्री तामाङ
-
प्रधानमन्त्रीलाई भेटेपछि रास्वपाका मन्त्रीहरू राजीनामाको तयारीबाट ब्याक