शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छौं : सर्वोच्च अदालत

आइतबार, ०४ वैशाख २०७९, १६ : १०
आइतबार, ०४ वैशाख २०७९

आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ ।  आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए । 

उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी) ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनुभएको थियो,’ प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ।’  सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप