सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

म्यानमारको सैन्य सरकारले पर्यटकलाई देशमा आउन अनुमति दियो

आइतबार, ०४ वैशाख २०७९, १६ : ०५
आइतबार, ०४ वैशाख २०७९

दुई वर्षमा पहिलोपटक म्यानमारको सैन्य सरकारले विदेशी पर्यटकका लागि देशको सीमा खोल्ने घोषणा गरेको छ ।

दशकौँसम्म सैन्य सत्तामा रहेको म्यानमारमा कोभिड महामारीभन्दा अघि पर्यटन बढिरहेका थिए ।

बीबीसीको दक्षिणपूर्व संवाददाता जोनाथन हेडले सरकारले घोषणा गरेपछि पर्यटनमा खासै असर नपर्ने बताए ।

म्यानमारमा वर्ष दिनअघि मात्रै छानिएको सरकारलाई कू गरिएको थियो । त्यहाँका नागरिकले अहिलेसम्म पनि सैन्य सत्ताको विरोध गरिरहेका छन् । देशको बैङ्किङ व्यवस्था समस्यामा छ, अर्थव्यवस्था धरासयी भएको छ ।

म्यानमार जाने धेरैजसो पर्यटक चीनका हुन् र कोभिड महामारीपछि चीनले आफ्नो देशका सीमा बन्द गरेको छ । यसको असर म्यानमारमा परिरहेको छ र त्यहाँ दैनिक केही मात्रै अन्तरराष्ट्रिय उडान पुगिरहेका छन् ।

चीनमा आधिकारिक वेबसाइटमा दिइएको जानकारी अनुसार अहिले पनि म्यानमारका लागि भिसा जारी गर्न रोक लगाइएको छ । जसको भिसा लागेको छ, उनीहरु एक हप्ताका लागि क्वारेन्टिनमा बस्नुपर्छ ।

म्यानमारमा विपक्षी पार्टी र ट्राभल एजेन्सीले विदेशी पर्यटकलाई म्यानमारको यात्रा नगर्न अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप