बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्स र ए टु जेट अनलाइन बजारबीच सम्झौता

आइतबार, ०४ वैशाख २०७९, १५ : ५७
आइतबार, ०४ वैशाख २०७९

समृद्धि फाइनान्स कम्पनी र ए टु जेट अनलाइन बजारबीच व्यवसायिक सम्झौता भएको छ । यो सम्झौतापछि फाइनान्सका ग्राहकहरुले ए टु जेट अनलाइन बजारबाट सामग्रीहरु खरिद गर्दा अधिकतम २० हजारसम्म वा १२.५ प्रतिशत सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

उक्त सुविधा मोबाइल बैंकिङ, डेबिट कार्ड, कनेक्ट आईपीएस, नेपालपे क्युआर कोड प्रयोग गरी उक्त छुट प्रदान गरिने संस्थाका व्यवसाय प्रवद्र्धन विकासका अधिकृत सुरज कुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले मुद्घति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम १०% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताहरू समेत संचालनमा ल्याएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप