एमालेसँग तालमेल गरेको राप्रपा नेपालले ललितपुर महानगर र गोदावरीमा उपमेयर माग्यो
आइतबार, ०४ वैशाख २०७९, १५ : ५२
एमालेसँग तालमेल गर्ने सहमति गरेको राप्रपा नेपालले ललितपुरको गोदावरी र ललितपुर महानगरपालिकामा उपमेयर पद मागेको छ । यस्तै राप्रपा नेपालले केही वडा अध्यक्ष पनि पार्टीले पाउनुपर्ने माग गरेको छ ।
आज ललितपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा बसेको दुबै पार्टीका प्रतिनिधिहरू बीचको बैठकमा राप्रपा नेपालले सो माग अघि सारेको हो । ‘हामीले नगरका वडाहरूमा पनि दाबी गरेका छौँ’, बैठक पछि राप्रपा नेपालका ललितपुर अध्यक्ष राजेन्द्र महर्जनले भने ।
उनले दुई पार्टी आपसमा बसेर सौहार्दपूर्ण रुपमा सबै कुरा टुङ्गो लगाउने पनि बताए । बैठकमा एमाले ललितपुर अध्यक्ष पुरुषोत्तम दाहाल, प्रदेश सदस्य बाबुकाजी प्रधान र राप्रपा नेपालबाट जिल्ला अध्यक्ष राजेन्द्र महर्जन, जिल्ला उपाध्यक्ष गोबिन्द खड्का र जिल्ला सचिब अमर मालिलगायतको सहभागिता रहेको थियो ।
यो पनि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
