राप्रपा नेपाल महोत्तरीको १४ वडामा दाबी

राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन् ।
जिल्लामा संगठनिक संरचनाको हिसावले राप्रपा नेपाल निक्कै पछाडि छ । अघिल्लो निर्वाचनमा उक्त पार्टीले जलेश्वर नगरपालिका(१० मा विजयी हासिल गरेको थियो । अहिले राप्रपाबाट फुटेर राप्रपा नेपाल बनेपछि राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपाभन्दा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल खुम्चिएको छ । राप्रपा नेपाल महोत्तरीका अध्यक्ष यनिखर गौतमका अनुसार महोत्तरीका विभिन्न पालिकामा गरि २८ वटा वडाहरूमा संगठनिक संरचना बलियो छ ।
जिल्लाको बल्वा नगरपालिकाअन्तर्गत वडा न. ५ र ६, पिपराको वडा न. ५ र ६, जलेश्वर नगरपालिकाको वडा न. १०, बर्दिबास नगरपालिकाको ४,५, १२,१३ र १४, गौशाला नगरपालिकाको वडा न.१ र ७, सम्सी गाउँपालिकाको वडा न.१ र ३, मनरासिस्वाको ३,६ र ७, मटीहानीको वडा न.२ र ३, एकडाराको वडा न.३ र ५, रामगोपालपुरको वडा न.५ र ६, लोहारपट्टीको वडा न.४ र ५, सोनामाको वडा न.२ र ५ मा संगठनिक संरचना बलियो भएको राप्रपा नेपाल महोत्तरीले जनाएको छ ।
बलियो भएका वडाहरूमध्ये १४ वटा वडाहरूमा आफ्नो भागमा हुनुपर्ने राप्रपा नेपालले दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा जलेश्वर नगरपालिका वडा न.१४ जितेको तत्कालीन राप्रपाले अहिले राप्रपा नेपालले भने जलेश्वरमा उपमेयरको नै दाबी रहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल
-
आज महाशिवरात्रि पर्व, पशुपतिनाथमा चार प्रहरमा चार पूजा
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी