बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थप १२ जनामा कोरोना संक्रमण पुष्टि, ३६ जना संक्रमण मुक्त

आइतबार, ०४ वैशाख २०७९, १५ : ३३
आइतबार, ०४ वैशाख २०७९

पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४८९ जनामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल ३७५ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ७५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप