स्याङ्जामा जिप दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत
आइतबार, ०४ वैशाख २०७९, २० : ००
स्याङजाको वालिङ नगरपालिका–१२ डाँडाखर्क स्थित भित्री सडकमा आज बिहान जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छ । मृत्यु हुनेमा स्याङ्जाकै वालिङ नगरपालिका–१२ का ६५ वर्षीय वीर बहादुर दाला, सोही ठाँउकी ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मीला सारु, उनका ७ वर्षीय छोरा र वालिङ नगरपालिका १४ की ६१ वर्षीया कुल कुमारी कनौजे रहेका छन् ।
दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । गम्भीर घाइते भएका चालक सहित ३ जनालाई उपचारका लागी पोखरातर्फ पठाइएको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ३ जनाको प्राथमीक स्वास्थ्य केन्द्र वालिङमै उपचार भइरहेको छ । डाडाखर्कबाट वालीङतर्फ आउँदै गरको ग १ ज ७३ ९९ नम्बरको जिप आज बिहान १० बजे अनियन्त्रित भइ पल्टिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?