सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा सभामुख सापकोटाको जोड

आइतबार, ०४ वैशाख २०७९, १४ : ५१
आइतबार, ०४ वैशाख २०७९

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिएका छन् । भ्रष्टाचार मुलुकको सबैभन्दा ठूलो गम्भिर समस्या भएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यसको विरुद्ध निशाना नसोझ्याउने हो भने मुलुकलाई नै सिध्याइदिने बताएका हुन् ।

उनले आफूले जानेर दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा सधैंमा साथमा रहने प्रतिवद्धता व्यक्त गरे । आइतबारबाट काठमाडौंमा सुरु भएको ‘भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनी’को उद्घाटन गर्दै उनले भ्रष्टाचार बढदै गएकोतर्फ सचेत गराउँदै त्यसलाई खबरदारी गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे ।

सभामुख सापकोटाले भ्रष्टाचारविरुद्धको कार्टुनिष्टहरुको अभियानलाई सातै प्रदेशमा लगेर प्रदर्शन गर्ने काममा आफ्नो साथ रहने पनि बताए । काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको सो प्रदर्शनी तीन दिनसम्म चल्नेछ । सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि क्षेप्यास्त्र हुनेगरी कार्टुनहरू बनाउन पनि काटुर्निष्टहरुलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप