गभर्नर अधिकारीको निलम्बन अविलम्ब फिर्ता गर्न कर्मचारीहरुको माग
नेपाल राष्ट्र बैंकका कर्मचारीहरु सरकार विरुद्ध आन्दोलनमा उत्रिएका छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि लगाइएको आरोप फिर्ता लिँदै अविलम्ब निलम्बन फुकुवा गर्न कर्मचारीहरुले माग गरेका हुन् । आइतबार नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार परिसरमा कालो ब्यानर झुन्ड्याउँदै कोणसभाको आयोजना गरेका छन् ।
साथै, उपत्यका बाहिरका सम्पूर्ण राष्ट्र बैंकका प्रदेश कार्यालयहरूमा समेत कर्मचारी संगठनले एकैसाथ कालो ब्यानर झुन्ड्याएर विरोध जनाएका छन् । ‘केन्द्रीय बैंकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर’,‘निराधार तथा कपोलकल्पित आरोपमा गभर्नर महाप्रसाद अधिकारीमाथि शुरु गरिएको कारबाही प्रक्रिया अबिलम्ब फिर्ता गर’ तथा ‘सङ्कटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्धारका लागि तत्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर’ जस्ता नाराहरू ब्यानरमा लेखिएका छन् ।
कालो ब्यानर झुन्ड्याउनु अघि नेपाल राष्ट्र बैंकमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकको नेतृत्वमाथि पटक पटक आक्रमण हुने गरेको आरोप लगाएका छन् ।
हाल गभर्नर माथिको आक्रमण नयाँ नभई योभन्दा अगाडि पनि नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि पटकपटक आक्रमणहरू हुने गरेको स्मरण गर्दै अध्यक्ष तिम्सिनाले केन्द्रीय बैँकमाथि हुने गरेका आक्रमणका बेला नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय बैंकको स्वायत्तताको रक्षाका लागि विरोधका कार्यक्रमहरुमा उत्रने गरेको बताए ।
यसअघि यसैगरी गभर्नर कल्याण विक्रम अधिकारी, तिलकबहादुर रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले कारबाही गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण