प्रचण्ड–माधवले विप्लवलाई भने, ‘चुनावअघि नै बन्दी रिहा र मुद्दा फिर्ता लिने वातावरण बनाउँछौँ’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’लाई स्थानीय चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता हुने आश्वासन दिएका छन्। नेपाल निवास कोटेश्वरमा प्रचण्डसहित माधवसँग नेकपा महासचिव विप्लव,सचिवालय सदस्य हेमन्तप्रकाश ओली,धर्मेन्द्र बास्तोलाले भेटेका थिए।
आइतबार विहान ८ बजेतिर तीन पार्टीका नेताहरुले तीन बुँदे सहमती कार्यान्वयनका विषयमा छलफल भएको नेकपा सचिवालय सदस्य हेमन्तप्रकाश ओलीले बताए। प्रचण्ड र माधवले प्रतिबन्धको अवधिमा जेलमा परेका नेता कार्यकर्ता रिहा गर्नुका साथै मुद्धा फिर्ता लिने बचन दिएको ओलीले बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमती गरेपनि कार्यन्वयन नभएपछि सत्तारुढ दलका नेताहरुलाई निरन्तर भेट्दै आएका छन्। तर, सरकारले चुनाव अघि नै बन्दी रिहा र मुद्धा फिर्ता लिने भनेपनि अझै लिएको छैन्।
अरु स्थानीय तहको चुनावी तालमेलका विषयमा समेत कुराकानी भएको ओलीले बताए। विप्लव सहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा एमालेसँग चुनावी तालमेल गर्ने भन्दै छलफल जारी राखेका छन्। तर, ओली सहित धर्मेन्द्र बास्तोला माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेर जानु पर्ने पक्षमा छन्। बन्दी रिहा र मुद्धा फिर्ता नभएकाले विप्लव नेतृत्वको नेकपाले खुलेर कित्ता स्पष्ट पारेको छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो
-
डलरको भाउ बढेको बढ्यै, कसको मूल्य कति ?
-
एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक