पीएसजीको मैदानमा मार्सेली दर्शकले प्रवेश नपाउने

फ्रेन्च लिग वानको बहुप्रतिक्षित भिडन्तमा आज (आइतबार) राति लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) र दोस्रो स्थानको मार्सेलीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल पीएसजी घरेलु मैदान पार्क डे प्रिन्सेसमा राति साढे १२ बजे सुरु हुनेछ ।
तर, खेलमा मार्सेलीका समर्थकले भने प्रवेश पाउने छैनन् । पछिल्लो समय दुई क्लबका समर्थकबीच बढ्दै गएको तिक्तता र वैमनस्यता कारण पीएसजी घरेलु मैदानमा मार्सेली समर्थकलाई प्रतिबन्ध गरेको हो ।
पछिल्लो समय बढेको घटनाले आइतबारको खेलमासमेत प्रभावित बनाउन सक्छ भन्दै फ्रान्सेली गृहमन्त्रालयले पार्क डे फ्रिन्सेस जानेलाई २४ घण्टा अघि रोक लगाएको हो ।
सन् २०१८ यता दुई क्लबबीचको प्रतिस्पर्धामा एक अर्काका समर्थकलाई मैदान प्रवेशमा रोक लगाइएको छ । जारी लिगमा ३१ खेल खेलिसक्दा पीएसजी ७१ अंकसहित शीर्षस्थानमा छ । मार्सेली भने समान खेलबाट ५९ अंकसहित दोस्रो स्थानमा छ । दुइ क्लबबीच १२ अंकको दूरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुगजुग जियो’ अभिनेत्री प्रजक्ताले गरिन् नेपाली युवकसँग विवाह
-
लगातार दुई पटक उपाधि चुम्ने एकमात्र राष्ट्र
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
ट्रम्पसँगको भेटलाई म्याक्रोँले भने ‘टर्निङ प्वाइन्ट’, युक्रेन मुद्दामा हात हाली
-
मे महिनामा मोदी रुस भ्रमणमा जान सक्ने
-
प्रत्यक्ष निर्वाचित कार्यकारी भएर बालेन नै आए पनि फरक पर्दैन : प्रचण्ड