बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सोनी राजदानले दिइन् २.५ करोडको घडी, जुत्ता चोरेका सालीहरूले मागे ११.५ करोड

आइतबार, ०४ वैशाख २०७९, १४ : १८
आइतबार, ०४ वैशाख २०७९

आलिया रणबीरको विवाहमा रणबीरले सासु आमाबाट निकै महँगो उपहार पाएका छन् । भारतीय मिडियामा प्रकाशित रिपोर्टका अनुसार आलियाकी आमा सोनी राजदानले रणबीरलाई २.५ करोड भारुको घडी उपहार दिएकी छिन् । घडी निकै नै विशेष भएको र कुनै ब्रान्डको लिमिटेड एडिशन भएको घडी बताइन्छ । यस्तै विवाहका बेला आलियाका बहिनी पूजा–शाहिन भट्ट र आलियाका ग्याङ्ग गर्लले दुलाहासँग जुत्ता फिर्ता दिन ११.५ करोड भारु मागे । यद्यपि, उनलाई रणबीरले एक लाख भारु मात्रै दिए ।

१४ अप्रिलमा रणबीर र आलिया विवाह बन्धनमा बाँधिए । विवाहको कार्यक्रम निकै नीजि थियो र परिवारका सदस्य मात्रै समावेश थिए । हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार आलिया र रणबीरले फेरा लिएपछि आफ्ना औँठी साटासाट गरे, आलियाले उपहारमा हीराको औँठी पाइन् ।

भट्ट परिवारले पाहुनालाई उपहारमा दिए कश्मिरी शलः

भट्ट परिवारले विवाहमा आएका पाहुनालाई उपहारमा कश्मिरी शल उपहार दिए । यो सल निकै महँगो र असाध्यै राम्रो मटेरियलले बनेको हुन्छ । यो सल पाहुनाका लागि आलियाले नै रोजेकी थिइन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप