प्रचण्डलाई भेटेर फर्किए उपेन्द्र र बाबुराम
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, जनता समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटघाट भएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा तीन नेताबीच बिहान साढे ११ बजेतिर भेटघाट भएको बाबुरामको सचिवालयले जनाएको छ ।
स्थानीय निर्वाचनमा जसपालाई माओवादीले निषेध गरेको भन्दै बाबुराम र उपेन्द्रले प्रचण्डसँग गुनासो गरेका छन् । पाँच दलीय चुनावी तालमेलमा माओवादीले निषेध गरेपछि सहज वातावरण बनाउने विषयमा तीन नेताबीच छलफल भएको बताएको छ ।
यदि नेपाली काँग्रेससँग सबै स्थानीय तहमा चुनावी तालमेल हुने स्थिति नभएमा जसपा र माओवादीले एक आपसमा सघाएर जाने वातावरण मिलाउने बारेमा समेत छलफल भएको बुझिएको छ । जसपा मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएका तर अन्य जिल्लामा कमजोर भएकाले त्यसमा माओवादीले निषेध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा १४ खर्बको व्यापार हुँदा व्यापार घाटा ११ खर्ब नाघ्यो
-
नयाँ गीत ‘यूके लान्छु’ मा सचिन र गरिमाको रोमान्स
-
परमाणु सम्झौतामा नयाँ मोड, आधारभूत मुद्दाहरूमा सहमति
-
राजावादीहरूको आन्दोलनका कारण शिक्षकहरूको आजको प्रदर्शन सकियो
-
हमासलाई ध्वस्त पारेर बन्धक रिहाइ नगरेसम्म युद्ध जारी रहन्छ : नेतन्याहू
-
अमेरिका चीनसँग कुराकानी गरिरहेकाे छ : ट्रम्प