जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा गर्न निर्देशन
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ तेस्रो सातादेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
देशका विभिन्न विद्यालयहरूमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूको अनलाइन रजिस्ट्रेसनसम्बन्धी विवरण रुजु गर्ने कार्य भैरहेको भन्दै बोर्डले उक्त कार्य सम्पन्न भए पश्चात् “कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७” अनुसार विद्यार्थीको रजिष्ट्रेशन नम्बरसहित निजले कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर सम्बन्धित विद्यालयमा उपलब्ध गराइने एक सूचनामार्फत जनाएको छ ।
त्यसपछि बोर्डले तोकेको मापदण्ड अनुरुप जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्न सूचनामा भनिएको छ । जसअनुसार जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी तेस्रो हप्तादेखि सञ्चालन गर्न सम्बन्धित सबै विद्यालयहरुलाई जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन
-
माल्टा पठाउँछु भनेर २४ लाख ठगी गरेको आरोपमा पक्राउ