७ स्थानीय तहमा प्रमुख र ६ उपप्रमुख दाबी गर्ने राष्ट्रिय जनमोर्चाको तयारी

सत्ता गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाले तीन जिल्लाका ७ स्थानीय तह प्रमुख र ६ उपप्रमुख दाबी गर्ने तयारी गरेको छ । उक्त पार्टीले प्यूठानका तीन स्थानीय तह प्रमुख/उपप्रमुख, बागलुङका तीन प्रमुख र दुई उपप्रमुख र अर्घाखाँचीमा एक प्रमुख र एक उपप्रमुख दाबी गर्ने तयारी गरेको हो ।
त्यस्तै जनमोर्चाले प्यूठानका झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिकामा अध्यक्ष र र उपाध्यक्ष जितेकाले दुबैमा आफ्नो दाबी नछोड्ने भएको छ भने स्वर्गद्वारी नगरपालिकाको मेयरमा दाबी गरिने जनमोर्चा निकट अखिल छैठौका पूर्व अध्यक्ष बिमल पोखरेलले बताए ।
त्यस नगरपालिकामा जनमोर्चा मुख्य प्रतिस्पर्धी भएकाले मेयरको दाबी नछोड्ने उनले बताए । परिस्थिति हेरेर कुनै स्थानीयतहमा एक उपप्रमुख दाबी गर्ने जनमोर्चाको योजना छ । सो पार्टीले प्युठानमा कुल तीन प्रमुख र तीन उपप्रमुख मात्रै दाबी गर्ने भएको छ । प्युठानमा कुल ९ स्थानीय तह छन् ।
यस्तै बाग्लुङमा तीन प्रमुख र दुइ उपप्रमुख दाबी गर्ने जनमोर्चाका जिल्ला सचिव भीमलाल पोखरेलले बताए । ढोरपाटन र जैमुनी नगरपालिकामा मेयर र बरेङ गाउँपालिकामा अध्यक्ष दाबी भएको पोखरेलले बताए । बरेङ गाउँपालिका उपाध्यक्षसहित कुनै एक स्थानीय तहमा उपाध्यक्षको दाबी रहेको समेत उनले बताए । यसअघि जनमोर्चाले बाग्लुङको बरेन गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुबै जितेको थियो । ‘हामीले तीन प्रमुख र दुइ उपप्रमुख दाबी गरेका छौं । प्रमुखमा तलमाथि हुँदैन’ पोखरेलले भने,‘उपप्रमुखमा एक लिएर अरु जिल्ला समन्वय समिति लिनेगरी सहमति गर्न सक्छौ ।’ बाग्लुङमा १० स्थानीय तह छन् ।
यस्तै अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयर र सन्धिखर्क नगरपालिकाको उपमेयर दाबी गर्ने जनमोर्चाको तयारी छ । तीन जिल्लाबाहेक अरु कुनै जिल्लामा प्रमुख÷उपप्रमुख दाबी नगर्ने पोखरेलले बताए । तर, वडामा भने जनमोर्चाले दाबी गर्ने उनले बताए ।
जनमोर्चाले एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल नै नगर्ने नीति लिएको छ । जतिसुकै बेमेल भएपनि सत्ता गठबन्धनभित्रका दलसँग मात्रै चुनावी तालमेल गर्ने नीति सो पार्टीले लिएको छ । यदि सत्ता गठबन्धनभित्र तालमेलमा सहमति नभए एकल रुपमा भिड्ने तयारी जनमोर्चाले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित