शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

स्याङ्जामा जिप दुर्घटना, ४ जनाको मृत्यु

आइतबार, ०४ वैशाख २०७९, १२ : १२
आइतबार, ०४ वैशाख २०७९

स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीले रातोपाटीलाई बताए । ग १ ज ७३९९ नम्बरको जिप डाँडाखर्कबाट वालिङ बजारतर्फ जाँदै थियो ।

दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परेर जिप चालक ५५ वर्षीय दिलबहादुर डाला, ५५ वर्षीया मायाकुमारी सारु र ३५ वर्षका योगेन्द्र थापा घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर छ ।

१८ वर्षीया नबिना सारु र १९ वर्षीया लक्ष्मी डालाको अवस्था अध्यम छ । गम्भीर घाइते भएकालाई उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पठाइएको डिएसपी अधिकारीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप