शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण, परमाणु हतियारको खतरा बढ्यो

आइतबार, ०४ वैशाख २०७९, ११ : २५
आइतबार, ०४ वैशाख २०७९

उत्तर कोरियाले आफूले सफलतापूर्वक एक नयाँ हतियारको परीक्षण गरेको बताउँदै आफ्नो सैन्य क्षमतामा उल्लेखनीय वृद्धि गर्ने घोषणा गरेको छ ।

विशेषज्ञका अनुसार यो नयाँ प्रकारको मिसाइल साना परमाणु हतियार लैजान सक्षम छन् र यसले उत्तर कोरियाले परमाणु हतियार परीक्षणको तयारी सुरु गरिसकेको  देखाउँछ ।

दक्षिण कोरियाली सेनाले शनिबार राती उत्तर कोरियाको तर्फबाट समुद्रमा दुई मिसाइल दागेको पुष्टि गरेका छन् ।

शुक्रबार उत्तर कोरियाका संस्थापक किम इल–संगको जयन्तीको मौकामा यस्तो गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

आइतबार बिहान उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले एक बयानमा किम जोङ उनले नयाँ प्रणालीको परीक्षण हेरेको बताएको छ ।

यो बयानमा यो लामो दुरीको हतियारको क्षमतामा अत्यधिक सुधार गर्ने र सामरिक परमाणु हतियारद्वारा सञ्चालनको क्षमतालाई बढाइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप