जानी राखौँ : बालोपयोगी सामान्य ज्ञान
१, नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने सरकारी निकायलाई के भनिन्छ ?
(क) सिंहदरवार वैद्यखाना (ख) नेपाल आयुर्वेदिक कम्पनी (ग) गोरखा आयुर्वेदिक कम्पनी (घ) आयुर्वेदिक औषधी लिमिटेट
२, युरोपेली सङ्घको सर्वोच्च अङ्गलाई के भनिन्छ ?
(क) युरोपेली सङ्घ (ख) युरोपेली परिषद् (ग) युरोपेली परिसङ्घ (घ) युरोपेली राज्य परिसङ्घ
३, नेपालको सबैभन्दा कम उचाइमा रहेको नगरपालिकाको नाम के हो ?
(क) जनकपुर नगरपालिका (ख) विराट्नगर नगरिपालिका (ग) जलेश्वर नगरपालिका (घ) वीरगञ्ज नगरपालिका
४, समुद्रको पानीको स्वाद कस्तो हुन्छ ?
(क) अमिलो (ख) टर्रो (ग) तीतो (घ) नुनिलो
५, यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचानमा सहभागी हुने मान्यता प्राप्त दलहरूको सङ्ख्य कति छ ?
(क) ७९ (ख) ८० (ग) ८१ (घ) ८२
६, नेपालमा सर्वप्रथम शिलालेख राख्ने परम्पराको थालनी कसले गरेका हुन् ?
(क) अंशुवर्मा (ख) जयदेव (ग) मानदेव (घ) शिवदेव
७, मदन पुरस्कार प्राप्त गर्ने प्रथम महिला साहित्यकार को हुन् ?
(क) झमककुमारी घिमिरे (ख) पारिजात (ग) नीलम कार्की निहारिका (घ) भद्रा घले
८, नेपालको पहिलो सिनेमा हल कुन हो ?
(क) रञ्जना सिनेमा हल (ख) जयनेपाल सिनेमा हल (ग) विश्वज्योति सिनेमा हल (घ) मदन जनसेवा सिनेमा हल
९, नेपालको पूर्वी तराईमा बोलिने झाँगड भाषा कुन भाषा परिवार अन्तरगत पर्छ ?
(क) भारोपेली (ख) भोटवर्मेली (ग) द्रविण (घ) देवभाषा
१०, काठमाडौँ उपत्यकामा कुन शैलीका मन्दिरहरू बढी छन् ?
(क) शिखर शैली (ख) गुम्बज शैली (ग) प्यागोडा शैली (घ) मुगल शैली
११, कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ ?
(क) औद्योगिक क्रान्ति (ख) कृषि क्रान्ति (ग) आर्थिक क्रान्ति (घ) सांस्कृतिक क्रान्ति
उत्तरहरू
१–(क), २–(ख), ३–(ग), ४–(घ), ५–(क), ६–(ग), ७–(ख), ८–(घ), ९–(ग), १०–(ग), ११–(क)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी