अपडेट : जीप दुर्घटनामा काँग्रेस बझाङ सभापति घाइते, माइला छोराको ज्यान गयो

जीप दुर्घटनामा नेपाली काँग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको ज्यान गएको छ । बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको ज्यान गएको प्रहरीले जनाएको छ ।
गए राति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति
-
नेपालमा कति छन् विद्यालय ?
-
प्रधानमन्त्री ओली लुम्बिनीमा