काभ्रेपलाञ्चोकमा गठबन्धन भत्कने सङ्केत
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, सङ्घीय समाजवादी र जनमोर्चाबीच स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भत्किने अवस्थामा पुगेको हो ।
काँग्रेसका जिल्ला सचिव माधव ढकालले रातोपाटीसँग कुरा गर्दै हिजोसम्मको छलफललाई आधार मान्दा काभ्रेपलाञ्चोक जिल्लामा गठबन्धन नहुने सङ्केत देखिएको ढकालले जानकारी दिए । उनले भने, ‘केन्द्रीय मापदण्ड अनुसार भए हामी गठबन्धन गर्न तयार छौँ तर, यहाँको भागबण्डाले त्यो सम्भव देखिएन ।’
केन्द्रले तोकेको मापदण्ड र जिल्ला पार्टीले तयार पारेको खाका अनुसार माओवादी केन्द्रलाई २ पालिका र ३३ वडामा नेतृत्व दिन सकिने काँग्रेसको भनाई छ । यता एकीकृत समाजवादीलाई एक पालिका र १० वडामा नेतृत्व दिन सकिने काँग्रेस भनाइ रहेको छ । तर काँग्रेसको प्रस्तावलाई माओवादी र एकीकृत समाजवादी मान्न तयार छैनन्। काँग्रेसले १० पालिका र ९२ वडाको नेतृत्व आफूले पाउनु पर्ने दाबी गरेको थियो ।
माओवादी केन्द्रका एक जिल्ला स्तरीय नेताका अनुसार गठबन्धन नहुने देखिएपछि पार्टीले आफ्नो हिसाब तयारी अगाडी बढाएको जानकारी दिए । एकीकृत समाजवादी पनि आफ्नो तयारीमा लागेको छ । यस जिल्लामा १३ पालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
-
नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कोशी प्रदेश सभा : संविधान प्रदत्त अधिकार व्यवस्थित गर्न ऐन संशोधन
-
काभ्रेमा विश्व युवा सम्मेलन हुँदै