शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा पञ्जाबको मुख्यमन्त्रीमा प्रधानमन्त्री शहबाजका छोरा हम्जा निर्वाचित

आइतबार, ०४ वैशाख २०७९, ०८ : १५
आइतबार, ०४ वैशाख २०७९

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका छोरा हम्जा सरिफ पञ्जाबको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।  पञ्जाब बिधान सभामा पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता हम्जाले आफ्नो पक्षमा १९७ मत ल्याएर शनिबार मुख्यमन्त्रीमा निर्वाचित भएका हुन् । 

पाकिस्तान तेहरिक–इ–इन्साफ ९पीटीआई० पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन् । त्यसअघि संसदमा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए । विधानसभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हंगामा मच्चिएको थियो ।

‘ममाथि आक्रमण गर्नेहरू पाकिस्तानमा मार्शल ल चाहन्छन् तर सफल हुनेछैनन्’, आफूमाथि हातपातको प्रयास भएपछि उपसभामुख मजारीले भने । तर, उपसभामुखका कारण पञ्जाबको संसदमा हंगामा मच्चिएको इलाहीले बताएका छन् । ‘शनिबार संसदमा जे भयो त्यसको दोष उपसभामुख मजारीलाई जान्छ’, इलाहीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप