क्यालिफोर्नियामा दुर्घटना हुँदा नेपालीको निधन
![क्यालिफोर्नियामा दुर्घटना हुँदा नेपालीको निधन](https://rpcdn.ratopati.com/media/albums/bista__n2RGWM15vB.jpg)
अमेरिकाको क्यालिफोर्निया राज्यमा अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्वल विक्रम विष्टको निधन भएको छ । क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा उक्त घटना भएको हो । प्रहरीका अनुसार घटनास्थलमै विष्टलाई मृत घोषित गरिएको थियो भने अर्का चालक गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकलाई युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचारको लागि राखिएको छ ।
प्रज्वल वरिष्ठ गायक ओम विक्रम विष्टका आफन्त हुन् । गायक विष्टका अनुसार आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेको समयमा अर्को गाडीले ठक्कर दिए पछि उनको ज्यान गएको हो । उक्त घटना गत बिहीबार अप्रिल १४ का दिन राती ११ बजे घटेको हो । विष्टले मृत आत्माको चीर शान्तिको कामना सहित परिवार प्रति समवेदना प्रकट गरेका छन् । मृतककी आमाको नाम मुना विष्ट हो भने हाल उनी नेपालमा बसोबास गर्ने र बाबु अनन्त विक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै रहेको गायक विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह
-
सन नेपाल लाइफ इन्स्योरेन्सले पायो अन्तर्राष्ट्रिय अवार्ड
-
दार्चुलामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन
-
पाण्डेद्वारा दक्षिण अमेरिकी महादेशको उच्च शिखरको सफल आरोहण
-
ओली नेतृत्वको सरकार बिचौलियाको सेवामा लागेको छ : प्रभु साह