शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

ल्यान्डफिल साइट नसारेसम्म उडान असम्भव

आइतबार, ०४ वैशाख २०७९, ०५ : ५२
आइतबार, ०४ वैशाख २०७९

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार करिब अन्तिम चरणमा पुगेको छ। भौतिक पूर्वाधारका हिसाबले विमानस्थल तयार भइसके पनि हवाई उडान र अवतरण अझै अनिश्चित छ। किनकि विमानस्थल सञ्चालनमा रहेका अप्ठेरा अझै हटिसकेका छैनन्।

विमानस्थल सञ्चालनका ती अवरोध नहटेसम्म हवाई उडान र अवतरण गराउन नसकिने सरोकारवालाको भनाइ छ। हवाई उड्डयन क्षेत्रका प्राविधिकहरूले पोखराको यो विमानस्थल सञ्चालनमा सबैभन्दा ठुलो अवरोध विमानस्थलनजिकैको ल्यान्डफिल साइट रहेको बताएका छन् । पोखरा महानगरले फोहोर व्यवस्थापन गरिरहेको ल्यान्डफिल साइट कहाँ र कहिलेसम्म हटिसक्छ भन्ने अझै निश्चित छैन। 

अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेको ल्यान्डफिल साइट करिब दुई किलोमिटर दुरीमा पर्छ। विमानस्थलनजिक फोहोर व्यवस्थापन गर्दा त्यसले चरा आकर्षित गर्ने र त्यसका कारण हवाई उडान र अवतरणमा जोखिम निम्तिने विज्ञहरूले बताइरहेका छन् । त्यसले गर्दा ल्यान्डफिल अन्यत्र सार्नुपर्ने बाध्यता महानगरलाई छ। आजको नागरिक दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप