मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

महिला गोल्डकप : पुलिसको विजयी सुरुवात

शनिबार, ०३ वैशाख २०७९, २३ : २२
शनिबार, ०३ वैशाख २०७९

कैलालीको धनगढीमा आजबाट प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  धनगढी रङ्गशालामा भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिस क्लबले विजयी सुरुवात गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई जित दिलाएकी हुन् ।

वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्नेछ ।
प्रतियोगितामा म्यान अफ दी म्याच लाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप