सिटीलाई हराउँदै लिभपुल फाइनलमा प्रवेश
लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेलमा लिभरपुलले सिटीलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । वेम्बली स्टेडियमा भएको खेलमा लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे त्यस्तै इब्राहिम कोनाटेले एक गोल गरे ।
यता सिटीका लागि ज्याक ग्रेलिस र ब्रनान्डो शिल्भाले एक–एक गोल गरे । लिभरपुले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको नवौं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १७ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
४५ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल ३–० ले अघि भयो । खेलको ४७ औं मिनेटमा सिटीका ग्रेलिसले गोल गर्दै टिमलाई ३–१ गोलको अवस्थामा ल्याए । खेलको इन्ज्युरी समयमा सिटीका सिल्भाले गोल गरेपनि लिभरपुल ३–२ ले विजयी भयो । लिभरपुलले अब उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेस बीचको विजेतासँग खेल्नेछ । लिभरपुल सन् २०१२ पछि पहिलो पटक एफए कपको फाइनलमा प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई करोडभन्दा बढी माछाका भुरा उत्पादन
-
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, तराई र उपत्यकामा हुस्सु, गण्डकीमा हिमपातको सम्भावना
-
तीन महिनामा प्राधिकरणको नाफा नौ अर्ब ११ करोड ३२ लाख
-
‘एलिमिनेटर’ मा भिड्दै चितवन राइनोज र कर्णाली याक्स
-
कोपा इटालिया : युभेन्ट्सको फराकिलो जित, क्वार्टरफाइनल भिडन्त एम्पोलीसँग