नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न
एनएमबि बैंकले शनिवार नवौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । यो हेरिटेज वाक कोभिड १९ को प्रकोप पश्चात २ वर्ष पछि आयोजना गरिएको बैंकले जनाएको छ । वाक बबरमहलबाट शुरु भई वसन्तपुर डवलीसम्म पुगि समापन भएको थियो ।
समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि साँस्कृतिक सम्पदा प्रबर्द्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । हेरिटेज सोसाइटीको सहकार्यमा भएको कार्यक्रममा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाइटीका सदस्यहरु, युनेस्काको सदस्य तथा सर्वसाधारणहरू गरी लगभग ५०० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटी तथा स्थानिय सिन्हा स्वान खलालाई डस्टविनहरु प्नि हस्तान्तरण गरिएको थियो । सोही प्रकारको कार्यक्रम अन्य प्रदेशमा समेत गरिएको छ । उक्त कार्यक्रममा नेपाल हेरिटेज सोसाइटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य तथा पुरातत्वविद् प्रकाश दर्नाल, युनेस्कोको कन्ट्री डाइरेक्टर माइकल क्रोफ्ट लगायतले सम्पदा संरक्षणको महत्वकोबारे प्रकाश पार्दै वक्तव्य दिएका थिए ।
यस्तै एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले स्वागत मन्तव्य दिनुका साथै बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले सांस्कृतिक सम्पदा राष्ट्रको गौरव भएको र यसलाई संरक्षण गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालीमाटीमा मृत भेटिएकी महिलाको पोस्टमार्टम : लिभरको समस्याले मृत्यु
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ