अमृता मृत्यु प्रकरण : शव पोष्टमार्टम गर्ने सहमति
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकी नगर भेटनरी लाइनमा बस्ने अमृता खत्रीको शव पोष्टमार्टम गर्न पीडित पक्ष सहमत भएका छन् । चैत ३० मा राती माइतबाट घर फर्केको करिब १ घण्टा ४५ मिनेटपछि उनको मृत्यु भएको थियो । माइती पक्षले उनको हत्या भएको दावी गरेका छन् ।
शुक्रबार इलाका प्रहरी कार्यालय अगाडि पीडित पक्षले गरेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको थियो । शनिवार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र एसपी रविन्द्र रेग्मीसँगको छलफलपछि पीडित पक्ष पोष्टमार्टम गर्न सहमत भएका हुन् ।
अमृताको माइतीघर गुल्मीको रुरुक्षेत्र गाउँपालका–५ बम्घा खैरेनीमा छ । उनले गुल्मीकै चालपालामा घर भएका प्रेम टण्डनसँग विवाह गरेकी थिइन् । प्रेम इन्जिनियर हुन् । अहिले उनीहरु तिलोत्तमामा घर बनाएर बस्न थालेका थिए । अमृताको घरबाट करिब ५ सय मिटरको दुरीमा माइती बस्छन् ।
नयाँ वर्षको अघिल्लो दिन साँझ ८ बजेतिर प्रेमले फोन गरेर घरमा बोलाएका थिए । अमृताका दाजु पुष्पक खत्रीकाअनुसार ‘घर नआए छोरालाई जे पनि गर्न सक्छु’ भनेर प्रेमले धम्क्याएका थिए । घर पुगेको करिब डेढ घण्टापछि अमृताले ‘असुरक्षित छु’ भनेर म्यासेज गरेको उनका दाई पुष्पकले दावी गरेका छन् । त्यसबारे इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरिरहेको छ ।
अमृता र प्रेमको साढे ७ वर्षका छोरा छन् । माइतबाट गएको केही समयपछि प्रेमले ससुरालीमा फोन गरेर अमृताले ‘विष सेवन गरेको’ हुनाले अस्पताल लगेको जानकारी दिएका थिए । घरबाट प्रहरीले विषको बट्टा बरामद गरेको छ । विष खुवाएको वा उनी आफैले खाइन्, भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
अमृताको शव रुपन्देहीस्थित प्रादेशिक अस्पतालमा छ । अमृताका श्रीमान प्रेम टण्डन ससुरा टहलसिंह टण्डन र सासु दीपा टण्डनलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरेर आरोपीहरुबारे अनुसन्धान भइरहेको रुपन्देहीका एसपी रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब घरजग्गाको किनबेचमा उत्साह बढ्छ: उपप्रधानमन्त्री सिंह
-
मन्थलीमा प्रादेशिक अस्पतालको आवश्यकता खड्कियोः मन्त्री लामिछाने
-
धरानमा सांस्कृतिक महोत्सव हुँदै
-
स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दै बागमती प्रदेश सरकार
-
राजस्थानमा ट्याङ्कर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
बच्चाको नामलाई लिएर भएको झगडामा अदालतमा पुगे दम्पती