सत्यमोहन जोशीको अवस्था सन्तोषजनक : चिकित्सक
शनिबार, ०३ वैशाख २०७९, २० : ४४
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको चिकित्सकहरूले बताएका छन् । १०२ वर्षीय जोशीलाई छाती दुख्नुका साथै र पिसाबमा गडबडी भएपछि गत वैशाख १ गते करिब दिउँसो ४ बजे शिक्षण अस्पताल पुगेका थिए ।
हिजो राति साढे ११ बजे देखि मुटुको चालमा अस्थिरता भएको कारण सूक्ष्म निगरानीका लागि उनलाई आईसीयू केयरमा स्थानान्तरण गरी थप उपचार अगाडि बढाइएको अस्पतालको भनाइ छ । हाल उनमा पिसाब सम्बन्धी सङ्क्रमण, मुटु सुन्निएको र मुटुको चालसम्बन्धी श्वासप्रश्वास नलीको फाइब्रो ब्रोकिएक्टेसिस समस्या देखिएको छ ।
जोशीको उपचारमा प्रा.ड.मिलेशजंग सिजापति तथा प्राडा रामभक्त कोजुको संयुक्त नेतृत्वमा चिकित्सकहरू संलग्न भई उपचार अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण