बुधबार, १२ असार २०८१
ताजा लोकप्रिय

विराटनगरको मेयरका लागि डिला संग्रौलासहित काँग्रेसबाट ७ जना सिफारिस

शनिबार, ०३ वैशाख २०७९, २० : २३
शनिबार, ०३ वैशाख २०७९

संस्थापनइतर समूहका नेता डाक्टर शेखर कोइरालाको गृहनगर विराटनगर महानगरपालिकाको प्रमुख पदमा काँग्रेसले ७ जनाको नाम सिफारिस गरेको छ । विराटनगर काँग्रेसका सभापति दीपक चापागाईंले दिएको जानकारी अनुसार वडाध्यक्ष र नगरसमितिका धेरैले नागेश कोइरालालाई उम्मेदवार बनाउनुपर्छ भन्ने मत दिएपछि उनको नाम १ नम्बरमा राखेर पठाइएको छ । बहालवाला मेयर भीम पराजुलीको नाम भने छैटौँ नम्बरमा राखिएको छ । 

सिफारिस गरिएका अन्य नामहरूमा मोरङ जिल्लाका उपसभापति कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईँ, केन्द्रीय सदस्य अमृत अर्याल, डा.डिला संग्रौला, भीम पराजुली र प्रदेश समिति सदस्य गोपाल रेग्मी रहेको छ । 

यस्तै उपमेयरका लागि नीरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमीला थापा, पुनम सिंह, जस्मिन मण्डल, पङ्कज बर्मा, दुर्गा कोइराला, डा.सीता घिमिरे, गीता सिलवाल र राजु मास्के सिफारिस गरिएको छ ।  आज बसेको नगर समितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । काँग्रेस विराटनगरले यसअघि नै विराटनगरमा गठबन्धन नगर्ने निर्णय गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप