शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको : देउवा

शनिबार, ०३ वैशाख २०७९, २१ : २२
शनिबार, ०३ वैशाख २०७९

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको भएको बताएका हुन् ।

उनले भने, "काँग्रेसको नेतृत्वमा  गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ । "  गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने देउवाको भनाइ थियो । बैठकमा कार्यसम्पादन समितिका सदस्यले गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिलाई महानगर र उपमहानगरकाे प्रमुख र उपप्रमुखमा पार्टीको स्ट्रेन्थ अनुसार दाबी राख्न सुझाएका थिए ।

यस विषयमा थप छलफल गर्न पार्टी उपसभापति पूर्णबहादुर खड्काले भोलि पनि बैठक बोलाएको सहमहामन्त्री महालक्ष्मी उपाध्यक्षले बताइन् । यस्तै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउदले जिल्ला-जिल्लामा तालमेल र उम्मेदवारीमा के कसरी अगाडि बढने बारे छलफल भएको बताए । उनले भने, "आज निर्णय भएन, गठबन्धनबारे निर्णय पार्टीले पहिले गरिसकेको छ ।, यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि गम्भीर छलफल गर्नुपर्छ । "  यसका लागि सबैले जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप