आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बाबर इपीएल खेल्न नेपाल आउन इच्छुक

शनिबार, ०३ वैशाख २०७९, १८ : ५५
शनिबार, ०३ वैशाख २०७९

पाकिस्तानी स्टार क्रिकेटर बाबर आजम नेपाल आउने चाहना देखाएका छन् । उनले नेपालका चर्चित घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (इपीएल) खेल्ने चाहना देखाएको इपीएलले जनाएको छ ।

इपीएलका सीईओ आमिर अत्तरले बाबर इपीएल खेल्न आउन इच्छुक भएको बताएका छन् । ‘बाबरसँग इपीएल खेल्न आउने विषयमा कुरा भएको थियो । उनी नेपाल आउन इच्छुक छन् । छिमेकी देशमा क्रिकेट खेल्न आउने कुरा गरेका छन् । आउने कुरामा उनी पोजेटिभ छन् । फाइनल कुरा हुन बाँकी छ,’ अत्तरले रातोपाटीसँगको कुराकानीमा भने । यसअघि पाकिस्तानका शाहिद अफ्रिदी इपीएल खेल्न नेपाल आएका थिए । उनले काठमाडौँ किङ्स–११ बाट इपीएल खेलेका थिए । उनले जम्मा दुई खेल खेलका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप