शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो अवमूल्यन नगर्नुस्, हामी निर्णायक हौं : माधव नेपाल

शनिबार, ०३ वैशाख २०७९, १८ : १०
शनिबार, ०३ वैशाख २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई अपमानपूर्ण व्यवहार गर्न थालिएको भन्दै त्यसरी अवमूल्यन नगर्न चेतावनी दिएका छन् ।  शनिबार काठमाडौंमा भएको पार्टी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीबारे केहीलाई अझै भ्रम रहेको पनि बताए । उनले आफ्नो पार्टीबारे भ्रम रहेकाहरुले कता-कता  अवमूल्यन गर्ने गरेको सुनेको भन्दै त्यसो नगर्न चेतावनी समेत दिएका हुन् ।

‘हाम्रो शक्तिको बारेमा विभिन्न पार्टीहरूलाई अझै पनि भ्रम छ । यो भ्रम भएकाले कताकता हामीमाथि अपमानपूर्ण व्यवहार गरेको सुन्नमा आएको छ’, अध्यक्ष नेपालले भने, ‘त्यही भएर हामीले भन्ने गरेका छौ यसरी आफ्नो शक्तिको अति मूल्याङ्कन गर्ने काम नगर्नुस् ।  हाम्रो शक्तिको अवमूल्यन पनि नगर्नुस् ।’

 अध्यक्ष नेपालले कसले अवमूल्यन र अपमान गर्यो भनेर किटान नगरेपनि उनको भनाई गठबन्धनका नेताप्रति लक्षित रहेको थियो । अध्यक्ष नेपालले आफ्नो शक्ति निर्णायक शक्तिका रुपमा रहेको दावी पनि गरे ।

‘हाम्रो शक्ति निर्णायक शक्तिका रुपमा रहने गरेको छ । निर्णायक शक्तिका रुपमा रहेकाले नै केपी ओलीको समूहलाई वादशाहलाई घोडाबाट झारे झै झार्ने कुरामा निर्णायक भूमिका खेलेको छौ, चेतना भया’, अध्यक्ष नेपालको भनाइ छ । उनले केपी ओलीको संगत दक्षिणपन्थहरुसँग रहेको भन्दै आफुहरुले वामपन्थी र लोकतान्त्रिक शक्तिहरूबीच गठबन्धन गरेर दक्षिणपन्थी प्रतिगमनकारीहरुसँग संघर्ष गरिरहेको बताए । 

नेता नेपालले विशेष परिस्थितिमा पार्टी गठन गरेको भन्दै कतिपयले आफ्नो पार्टी नयाँ कि पुरानो भनेर प्रश्न उठ्ने गरेको भन्दै  दुवै प्रश्न सहि भएको बताए । ‘पार्टी नयाँ हो, आन्दोलनको हिसाबले पुरानो हो । नामको हिसाबले नयाँ र नेतृत्वको हिसाबले लामो समय खारिएका नेताहरु, कार्यकर्ताले भरिएको पार्टी हो’, नेपालको भनाइ छ । पार्टी गठन भएको छोटो समयमै निर्वाचनमा जानुपर्ने अवस्था आएको भन्दै  एक वर्षको समय पाएर चुनावमा जान पाएको भए वास्तविक शक्ति देखाउन सक्ने अध्यक्ष नेपालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप