मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सत्तारुढ दलभित्रै पहिरो जान सुरु भएको छ : प्रदीप ज्ञवाली

शनिबार, ०३ वैशाख २०७९, १७ : ५०
शनिबार, ०३ वैशाख २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले स्थानीय तहको चुनावी गठबन्धनमा जुटेको सत्तारुढ दलहरु भित्रै पहिरो जान सुरु गरेको दावी गरेका छन् । भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको अवस्थामा रहेको उपमहासचिव ज्ञवालीको भनाई छ ।

नेकपा (एमाले) चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको पटकपटक दोहोर्याए ।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका काँग्रेसहरू आफै असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरूलाई बलियो शक्ति मान्ने कुरा भ्रममात्रै हुने बताए । उनले सत्तारुढ दलहरु कमजोर रहेकाले नै अरु दलको सहारा लिन गठबन्धनमा गर्न बाध्य हुनुपरेको तर्क समेत गरे ।

उपमहासचिव ज्ञवालीले भने, ‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनोवैज्ञानिक दवाव सृजना गर्न खोज्या छन् । त्यो भ्रमबाट मुक्त हुन म सबैलाई आग्रह गर्दछु ।’ 
सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै उनले सोही अनुसारको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप