मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरका ५० जना काँग्रेस नेता कार्यकर्ताले  दिए सामूहिक राजीनामा

शनिबार, ०३ वैशाख २०७९, १७ : २१
शनिबार, ०३ वैशाख २०७९

स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना काँग्रेस नेता कार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र) लाई नछाड्न भरतपुरका काँग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारिक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 

काँग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । काँग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए । पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजीनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप