बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बहिनीको मृत्युले विक्षिप्त थिए विजय : १० वर्षपछि दिए अन्तरवार्ता, नयाँ फिल्मका लागि लिए १ अर्ब पारिश्रमिक

शनिबार, ०३ वैशाख २०७९, १६ : ४६
शनिबार, ०३ वैशाख २०७९

तलिम सुपरस्टार थलपति विजयको नयाँ फिल्म बिस्ट रिलिज भएको छ । यो हेर्नका लागि सिनेमा घरबाहिर प्रशंसकको भीड उर्लिएको छ । थलपति विजयको गन्ती साउथका सबैभन्दा बढी पारिश्रमिक लिनेमा गनिन्छ । बिस्ट फिल्मका लागि उनले सय करोड अर्थात् १ अर्ब पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । फिल्म रिलिज हुँदा लगभग १० वर्षपछि विजयले टिभीमा अन्तरवार्ता दिएका छन् । यतिबेला उनले आफ्नो नीजि जीवनबारे खुलेर कुराकानी गरेका छन् ।

बाल्यकालमा आफ्नी बहिनीको मृत्युपछि चुप लागेर बस्ने विजय पहिला असाध्यै बोलक्कड र चञ्चले थिए । तर बहिनीको मृत्युले उनी भित्रैबाट टुटे । सानी बहिनीको मृत्यु भएको वर्षौं बितिसकेको छ तर उनी यो दुर्घटनाबाट अहिले पनि बाहिर निस्कन सकेका छैनन् । उनले आफ्नो प्रोडक्सन हाउसको नाम पनि आफ्नी ती बहिनीको नाममा राखेका छन् ।

बहिनी जसको मृत्यु बिर्सन सकेनन्ः

विजयकी एक बहिनी थिइन् । उनको नाम विद्या थियो । विजयलाई आफ्नी बहिनीसँग निकै लगाव थियो । तर कम उमेरमा नै विद्याको मृत्यु भयो । बहिनीको मृत्युले उनलाई भित्रैदेखि मर्माहित तुल्यायो । उनकी आमाका अनुसार उक्त दुर्घटनाभन्दा अघि विजय असाध्यै बोल्ने गर्दथे तर आफ्नी बहिनीको मृत्युपछि भने उनी कसैसँग कुरा नगर्ने, एक्लै बस्ने गर्न थाले । आज पनि उनी सार्वजनिक रुपमा कुराकानी गर्न रुचाउँदैनन् । साउथका यी ठूला स्टारले १० वर्षपछि टिभीमा अन्तरवार्ता दिएका छन् ।

बनाए विद्या–विजय प्रोडक्सनः

आफ्नी ती बहिनीलाई याद गर्दै थलपति विजयले विद्या–विजय प्रोडक्सन बनाए । विजयले आफ्नी छोरीको नाम दिव्या राखेका छन् जुन उनकी बहिनीको नामसँग मिल्दोजुल्दो छ ।

आफ्नो २५ वर्षको करियरमा विजयले ६० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले बाल कलाकारको रुपमा तमिल फिल्ममा काम गर्न सुरु गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप