साताको सेयर बजार– ४८ अंकले घट्दा कारोबार पनि खुम्चियो

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४८ अंकको गिरावट आएको छ । यो साता दुई कारोबार दिन उच्च अंकले गिरावट तथा एक कारोबार दिन ३० अंकको सुधार आएको थियो । सातामा ३ दिन मात्रै कारोबार भएको नेप्से परिसूचक साढे ४८ अंकले घटेको हो ।
यो सातामा सोमबार, मंगलबार र बुधबार मात्रै सेयर बजारको कारोबार भएको थियो । यसबाहेक, आइतबार राम नवमी र बिहीबार नेपाली नयाँ वर्ष भएकाले कारोबार बन्द थियो । सोही कारण, साताका तीन दिन मात्रै नेप्सेको कारोबार भएको हो ।
सोमबार नेप्सेमा ४४ अंकको गिरावट आएको थियो । यस्तै, मंगलबार ३४ अंकले घटेको नेप्से परिसूचक बुधबार भने ३० अंकले बढेको थियो । बुधबारको वृद्धिसँगै नेप्से परिसूचक २४ सय १५ अंकमा पुगेर रोकिएको छ । साताका तीन कारोबार दिनमध्ये दुई दिन गिरावट आएको नेप्सेमा कारोबार रकम पनि खुम्चिएको छ ।
यो सातामा नेप्सेमा जम्मा ५ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार डेढ अर्बको र बुधबार १ अर्ब ४७ करोडको सेयर किनबेच भएको बताइएको छ ।
नेप्सेमा २ दिन नेष्डो लघुवित्त वित्तीय संस्थाको सेयरमा लगातार १० प्रतिशतको सुधार आएको थियो । सोमबार र मंगलबार नेष्डोको सेयर मूल्यले लगातार सकरात्मक सर्किट हान्दा बुधबार भने आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर