यस्तो छ विवेकशील साझा पार्टीबाट काठमाडौँका मेयर–उपमेयरका उम्मेदवारको प्रतिज्ञा पत्र (पूर्णपाठ)

विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीले मेयर पदमा समीक्षा बास्कोटा मेयर तथा र कीर्ति तुलाधर उपमेयरको उम्मेदवार बनाएको छ ।
मेयरको उम्मेदवार बास्कोटा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन् । ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमै स्नातकोत्तर गरेकी छिन् । उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ 'क’ का छन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ 'क' बाट प्रदेशसभाको उम्मेदवार समेत बनेका थिइन् । २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।
उपमेयरको उम्मेदवार तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी नेपाल जेसीजको आजसम्मका तीन जना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन् । उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष हुन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न सङ्घ-संगठनको नेतृत्वदायी भूमिकामा छिन्।
शनिबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आयोजित एक कार्यक्रममा उम्मेदवारहरूले आफ्ना सात मूल एजेन्डाहरू रहेको बताए । यसमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवा: कला–संस्कृतिको पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदीनालाको सफाइ र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा रहेका छन् । हेर्नुहोस् पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना